पृथ्वीनारायण क्याम्पस पोखराको गौरव: मेयर आचार्य
पाेखरा | भदौ १७, २०८०
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पूरानो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसलाई पोखराको गौरवको विषय भएको बताएका छन् ।
पृथ्वीनारायण क्याम्पसको ६४ औं वार्षिकोत्सवको समारोहलाई सम्बोधन गर्दै मेयर आचार्यले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले पृथ्वीनारायण क्याम्पसमा पोखराका केही क्याम्पस गाभेर विश्वविद्यालय बनाउने लक्ष्य सफल नभए पनि क्याम्पस विश्वविद्यालय सरह नै रहेको बताए ।
‘पोखराको पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय सरहको रुपमा रहेको छ, क्याम्पसलाई पोखराको गौरवको विषयमा अगाडि बढाउनुपर्छ’, मेयर आचार्यले भने, ‘पोखरा भन्दा बित्तिकै पृथ्वीनारायण क्याम्पसको नाम आउँछ, कतिले यसलाई ध्यान दिदैनन्, सबैले ध्यान दिने गरी समाजको सबै क्षेत्रमा पुग्ने गरी क्याम्पसको विकासमा सधै साथ रहनेछ ।’
महानगरको कार्यक्षेत्रमा विद्यालय बाहेक कलेजहरुमा काम गर्न नमिल्ने बताउँदै मेयर आचार्यले अध्ययन अनुसन्धानमा सहकार्य गर्न नीति तथा कार्यक्रममा बजेट बिनियोजित गरेको बताए ।
उनले पृथ्वीनारायण क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा स्पष्ट रहन आवश्यक रहेको बताए । ‘पोखरामा दुईवटा विश्वविद्यालय स्थापना भइसकेका छन्, अन्य क्याम्पसले भन्दा पिएन क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा क्याम्पस स्पष्ट हुन आवश्यक ।’ उनले भने ।
क्याम्पसबाट पास भएकाले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान मात्र हुने भएकाले प्रयोगात्मक ज्ञान कम हुँदा दक्ष जनशक्ति उत्पादनमा असर परेकाले यसमा पनि क्याम्पसले दिन आवश्यक रहेको मेयर आचार्यले बताए । आफुले प्राप्त गरेको सफलताको पहिलो खुड्लिा क्याम्पस भएकाले क्याम्पस प्रति सधै ऋणी रहेको मेयर आचार्यको भनाई छ ।
यस्तै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.सरोज कोइरालाले नेपाल सरकारले त्रिविका शिक्षक ÷कर्मचारीको तलब बाहेक अन्य शिर्षकमा अनुदान रकम नदिँदा त्रिविलाई आर्थिक भार परिरहेको बताए ।
‘नेपाल सरकारले त्रिविका शिक्षक÷कर्मचारीको तलव बाहेक निवृत्तिभरण,सञ्चयकोष र दक्षता अभिवृद्धि भत्ता शिर्षकमा कुनैपनि अनुदान दिँदैन’, कोइरालाले भने, ‘यही शिर्षकमा सरकारबाट प्राप्त हुने सुविधा नआउँदा त्रिविलाई वार्षिक करिव ४/५ अर्बको आर्थिक भार परिरहेको छ ।’
उनले त्रि।विबाट यस क्यामपसमा स्वीकृत केन्द्रीय दरबन्दीमा कार्यरत शिक्षक÷कर्मचारीको तलबभत्त मात्र अनुदान स्वरुप आउने र आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षक कर्मचारीहरुलाई आन्तरिक स्रोतबाट नै व्यवस्थाप मिलाउनुपर्ने समस्या रहेको सुनाए ।
क्यूएए प्राप्त शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसमा गत आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको तथ्याङ्क अनुसार स्नातक र स्नातकोत्तर तहमा ११ हजार ६ सय ८४ जना विद्यार्थीहरु रहेको क्याम्पसले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित कविता लेखन प्रतियोगितामा सागर पनेरु प्रथम, गीता आचार्य द्धितीय र शारदा आचार्य तृतीय भएकी थिईन् । उनीहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो ।

यस्तै वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडको CSR अन्तर्गतको छात्रवृत्ति संजिव जि।टी, मुक्तिध्वज सूर्यकुमारी जोशी जेहेन्दार शिक्षा पुरस्कार विनिता बराल, बालगोपाल÷भागिरथी अमात्य छात्रवृत्ति कोष पुरस्कार, एमएडका संदिप बस्याल र क्षितिज थापा र एमतर्फ मंदिप श्रेष्ठ र समिरा बाटाजुलाई प्रदान गरिएको छ ।
यस्तै कृष्ण भारती छात्रवृत्ति कोष पुरस्कार स्नातक तहमा अध्ययनरत आयुष भट्टराई र टिकाकुमारी क्षेत्री, स्नातकोत्तर तहतर्फ बिमल पराजुली र अनिषा रिमाल र डिल्लु प्रसाद सापकोटा स्मृति पुरस्कारबाट मानविकी स्नातकोत्तर तर्फ विशाल रेग्मी र मिलनकुमारी नेपालीलाई प्रदान गरिएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

